धनकुटामा पनि सभा सम्मेलनमा रोक, सतर्क रहन आग्रह

<span class='c1'>धनकुटामा पनि सभा सम्मेलनमा</span> <span class='c2'>रोक, सतर्क रहन आग्रह</span>

धनकुटा । कोरोना भइरसको संक्रमणबाट जोगिनका लागि जिल्ला प्रशासन कार्यालय धनकुटाले जमघट हुने काम नगर्न जिल्लाबासीलाई अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले बिहिबार सूचना जारी गर्दै सार्वजनिक भेला, छलफल, अन्र्तरक्रिया, सभा सम्मेलन, बैठक, प्रदर्शन, मेला, जात्रा, महोत्सव जस्ता ठाउँमा सहभागि नहुन अपिल गरेका हुन् ।

भिडभाड हुने ठाउँदेखि अलग्गै बसी सम्भावित संक्रमण तथा जोखिमबाट बच्न÷बचाउन आवश्यक सतर्कता अपनाउन जिल्लाबासीलाई अपिल गरिएको हो । कोरोना भाइरस सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने, सुरक्षा सतर्कता अपनाउने, व्यक्तिगत सरसफाईमा ध्यान दिने जस्ता सावधानीका उपाय सिकेर अरुलाई पनि सिकाउन धनकुटाबासीलाई प्रशासनले अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्