सिराहाको मिर्चैयामा हातहतियार खरखजाना तथा चोरी मुद्दामा फरार व्यक्ति पक्राउ

सिराहाको मिर्चैयामा हातहतियार खरखजाना तथा चोरी मुद्दामा फरार व्यक्ति पक्राउ

लहान, फागुन २३ । हातहतियार खरखजाना तथा चोरी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका दुई अभियुक्तलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

हातहतियार खरखजाना मुद्दामा अदालतबाट तीन वर्ष कैद र रु. ६० हजार जरिवाना सजाय पाएर फरार सिरहाको मिर्चैया नगरपालिका– १२ सिक्रौन निवासी ४७ वर्षीय धनिकलाल कामतीलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले घरबाटै कामतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै चोरी मुद्दामा रु. १८ हजार ५०० जरिवानाको सजाय पाएर फरार सिरहाको भगवानपुर गाउँपालिका– १ निवासी २२ वर्षीय सरोजकुमार पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्