प्रधानमन्त्री ओलीलाई करिब १० दिन त्रिवि शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आईसीयूमा राखिने

प्रधानमन्त्री ओलीलाई करिब १० दिन त्रिवि शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आईसीयूमा राखिने

प्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब १० दिन त्रिवि शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आईसीयूमा राखिने भएको छ । धपेडी नहुने र सुरक्षितसाथ उच्च चिकित्सकीय निगरानीमा बस्ने वातावरण हुने भएकाले प्रधानमन्त्रीको अस्पताल बसाइ लम्ब्याउने मनस्थितिमा उपचारमा संलग्न चिकित्सकहरू रहेका हुन् ।

६९ वर्षीय प्रधानमन्त्री ओलीलाई शुक्रबार आईसीयूमा हिँडडुल गराइएको थियो । भात र मासुको झोल दिइएको छ । बिहान उनले चिया–बिस्कुट खाएका थिए । यस्तो शल्यक्रियामा नियमित प्रक्रियाअन्तर्गत नै बिरामीलाई हिँडडुल गराइन्छ । ‘यही गतिमा सुधार हुँदै गयो भने ७ देखि १० दिनसम्ममा उहाँलाई डिस्चार्ज गर्छौं,’ प्रधानामन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले भनिन्, ‘उहाँको स्वास्थ्य स्थिति ठीक छ । स्थिर छ ।’ प्रधानमन्त्रीको शरीरले मिर्गौला प्रत्यारोपणपछिको शरीरले देखाएको प्रतिक्रिया र सुधारको गति सन्तोषजनक रहेको डा. शाहले बताइन् ।

प्रधानमन्त्री ओलीले शल्यक्रियापछि पहिलो पटक शुक्रबार चिकित्साकर्मीबाहेकका सँग फोनमा कुराकानीसमेत गरेका छन् । डा. शाहले नै आफ्नो फोनमा प्रधानमन्त्री र प्र्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालबीच कुराकानी गराएकी थिइन् । करिब दुई मिनेटको कुराकानीमा प्रधानमन्त्रीले आफूलाई ठीक रहेको जानकारी दिँदै आफू छिट्टै काममा फर्किने बताएका थिए । अस्पतालमा भएको बिरामीको प्रोटोकलअनुसार प्रधानमन्त्री ओलीलाई हाल मोबाइल फोन दिइएको छैन । बिरामीले के गर्ने के नगर्ने प्रोटोकललाई प्रधानमन्त्री ओलीले समेत पालना गरिरहेको डा. शाहले बताइन् । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्