सुस्त मनस्थितिकी महिलामाथि बलात्कार गर्ने ७ बर्षपछि पक्राउ, १० वर्ष कैद

सुस्त मनस्थितिकी महिलामाथि बलात्कार गर्ने ७ बर्षपछि पक्राउ, १० वर्ष कैद

विराटनगर । सुस्त मनस्थितिकी महिलामाथि बलात्कार गरी फरार रहेका एक व्यक्ति २ वर्षपछि पक्राउ परेका छन् । मोरङको कानेपोखरी गाउँपालिका–७ का ३१ वर्षीय रामु गुरुङलाई मोरङ प्रहरीले २ बर्षपछि पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेत्रृत्वको टोलीले शुक्रबार साँझ बेलबारी नगरपालिका–३ स्थित चिया पसलबाट गुरुङलाई पक्राउ गरेको हो । गुरुङले २०६९ साल कात्तिक १७ गते बेलुका सुस्त मनस्थितिकी ४५ वर्षीय महिलामाथि बलात्कार गरेका थिए । बलात्कार गरिरहेका बेला स्थानीय बासिन्दाले देखेपछि उनी भागेका थिए ।


घटना लगत्तै फरार बनेर भारत पुगेका उनी दुई वर्ष अघि मात्रै नेपाल फर्किएको खुलेको छ । भारतबाट फर्किएपछि बेलबारीमा जग्गा दलालीको काम गरिरहेका उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको डीएसपी गिरीले बताए । भारतमा रहँदा पञ्जावको प्लाइउड फ्याक्ट्रिमा काम गरेको खुलेको गिरीको भनाइ छ ।
घटना गराएपछि बिहे गरेर घरजम बसाएका उनी अहिले बेलबारीमा डेरा खोजेर श्रीमती र एक छोरीसहित बस्दै आएको खुलेको प्रहरीको भनाइ छ । घटनापछि भागेका उनी विरुद्ध प्रहरीले फरार प्रतिवादी बनाएर जवरजस्ती करणी मुद्दा चलाएको थियो । जिल्ला अदालत मोरङले २०७४ साल जेठ १ गते बलात्कार घटनामा दोषी ठहर गर्दै १० वर्ष कैद सजायको फैसला सुनाए पनि गुरुङ पक्राउ परेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्