यस्ता पनि शिक्षक : विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका पक्राउ

<span class='c1'>यस्ता पनि शिक्षक : विद्यार्थीलाई</span> <span class='c2'>हात चिर्न लगाउने शिक्षिका पक्राउ</span>

देवबहादुर कुँबर
काठमाडौँ, फागुन २४ गते । विद्यार्थीलाई यातना दिने शिक्षिका सीतालक्ष्मी कर्माचार्य जागीरबाट बर्खास्त हुनुका साथै प्रहरीले पक्राउ गरेको छ ।
उहाँलाई विद्यालयले शुक्रवारबाट लागू हुने गरी बर्खास्त गरेको छ भने महानगरीय प्रंहरी वृत्त बानेश्वरले कर्माचार्यलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ ।
शिक्षिका कर्माचार्यले भक्तपुरको जडीबुटीस्थित जागृति एकाडेमी बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई परीक्षामा कम नम्बर ल्याएको भन्दै हात चिरेर यातना दिएको खुलासा भएको थियो ।

स्कुलका प्रिन्सिपल राजनकुमार श्रेष्ठका अनुसार, निजले त्यस विद्यालयमा पढाउन थालेको करीव १० वर्ष भएको थियोे । घटनापछि विद्यालयबाट वर्खास्त गरिएको छ ।
सामाजिक विषयमा कम नम्वर ल्याएको भन्दै यातना स्वरुप कक्षा कोठाभित्रै विद्यार्थीलाई पेनसिल कटरको ब्लेडले हात चिर्न लगाएको पाइएपछि अभियुक्त कर्माचार्यविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर काठमाडौंँका प्रवक्ता होविन्द्र बोगटीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्