झापामा जग्गा अतिक्रमण गरेर बसेका ४२ परिवारलाई सशस्त्रले हटायो

<span class='c1'>झापामा जग्गा अतिक्रमण गरेर बसेका</span> <span class='c2'>४२ परिवारलाई सशस्त्रले हटायो</span>

झापाको कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल तालिम शिक्षालयको जग्गा अतिक्रमण गरेर बसेका ४२ परिवारलाई हटाइएको छ ।

एक वर्षअघिदेखि पटकपटक उनीहरुलाई हट्नका लागि अनुरोध गर्दा समेत बेवास्ता गरेपछि बल प्रयोग गरेर हटाइएको सशस्त्र प्रहरी बल तालिम शिक्षालयका प्रमुख सुधीरजङ्ग थापाले जानकारी दिनुभयो ।

शिक्षालयको ८० बिघा जग्गा विगत १६ वर्षदेखि सुकुम्वासीको नाममा ४२ परिवारले अतिक्रमण गरेका थिए । गत असारमा गाउँपालिकाको रोहबरमा अतिक्रमणकारीसमेतको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले पुस मसान्तसम्ममा जग्गा खाली गर्ने सहमति भएको थियो ।

तर सहमतिबमोजिम जग्गा खाली नगरिएपछि शिक्षालयले स्थानीय पत्रपत्रिका, रेडियो र टेलिभिजनमा पुस २८ गते सूचना प्रकाशन प्रसारण गरेर उनीहरुलाई हट्न १५ दिनको म्याद दिएको थियो ।

शिक्षालयले माघ १५ गते उनीहरुको घरघरमा सूचना टाँस गरेर माइकिङ गरेर पुनः अतिक्रमित जग्गा खाली गर्न अनुरोध गरेता पनि बेवास्ता भएपछि हटाउनुपरेको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सार्वजनिक जग्गा हडपेर बस्नेलाई सकेसम्म आफैँ छाडेर जान अनुरोध गर्दै पत्राचार गर्ने र अटेर गरेमा बल प्रयोग गरेर हटाउने सरकारको नीति रहेको बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्