मोरङ, २५ फागुन ।
मोरङको रतुवामाई नगरपालिका–८ कोईलीडाँगीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
गएराती सवा ९ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको को १० प १२ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा घाईते भएकी पैदल यात्री स्थानीय ५५ बर्षीया राधिका निरौलाको उपचारको लागि बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
मोटरसाईकल चालक समेत घाईते भई उपचार भईरहेको छ भने मोटरसाईकल अस्थायी प्रहरी चौकी दाम्राभिट्टाले नियन्त्रणमा लिएको छ ।