नारी दिवस किन ?

नारी दिवस किन ?

एन्जु शिवाकोटी
विराटनगर । असमान अवस्थामा रहेका महिलाहरुले सम्मान रुपमा मानव अधिकारको दावि गर्न नसकेको अवस्थाले गर्दा महिला अधिकार संम्बन्धि छुट्टै अन्तराष्ट्रिय कानुन बने । सर्वप्रथम १९०९ फेब्रुअरी २८ मा नारी दिवस मनाइएको थियो ।
१९१० मा महिलाहरुलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यले अन्तराट्रिय मान्यता प्रदान गरिएको थियो । १९१७ मा रसियाका महिलाहरुले गास र कपासको लागि हड्ताल गर्ने निर्णय गरे । जुन गेरगरियन क्यालेण्डर अनुसार मार्च ८ थियो । त्यस समय यता विश्वका सबै देशहरुमा अन्तराष्ट्रिय नारी दिवस प्रत्येक बर्षको मार्च ८ मा मनाउदै आएको पाइन्छ ।

यस बर्ष पनि ११० औँ अन्तराष्ट्रिय नारी दिवस मार्च ८ अथात नेपाली पात्रो अनुसार फाल्गुन २५ गते विश्वभर मनाइदैछ । महिलाहरुको जागरुकताका लागि महत्वपूर्ण मानिने यस दिन महिला अधिकार, महिला सशक्तिकरण र लौंगिंक समानता जस्ता विषयहरु अन्तराष्ट्रिय दिवसका विषय बस्तुहरु हुने गरेका छन् । .नारी दिवस किन ?
बर्षेनी मनाउदै आइरहेको नारी दिवस महिलाहरुको हक, अधिकार र सम्मानको लागि मात्र औचित्य छैन । एउटा घर, समाज, राष्ट्र अनि विश्वमै महिलाको भूमिका विनाको संसारको औचित्य कस्तो होला ?
महिलालाई आधा आकाश, अर्धनारीश्वर, दुर्गामाता नारीशक्ति जस्ता उपनामले परापूर्व काल देखि सम्बोधन गर्दाै आइएको पाइन्छ । आजका दिनमा पनि ती उपनामहरुले तेतीकै महत्व राख्दछन् । त्यसैले नारी दिवस नारी जातिको मात्र उत्सव वा नारी वर्ग प्रति मात्र लक्षित न भई समग्र मानव जातिको एउटा अभियान हो ।
जहाँ भेद पूर्ण संसारको रचना छ । लौंगिकताका आधारमा महिला माथि कुनै प्रकारको भेदभाव नगरियोस् भन्नका लागि नारी दिवस विश्वभरका सबै व्यक्तिले महिला भेद अन्त्यका लागि नारी दिवस मनाउन अती आवश्यक छ ।

महिला र नेपाली समाज
प्रकृतिले मानव अस्तित्वको सिर्जना गर्दा महिला र पुरुषमा मानिसलाई सिर्जना गरेको छ । प्रकृतिले दिएको स्वभाव कसैले बदलेर हुने कुरो होइन ।
प्रेम, करुणा,सम्मान,ध्यान जस्ता कुराहरुमा महिलाले हक खोजिरहनु पर्दैन । यी गुण महिलाले जन्मदेखि नै दिएर आएको प्रकृतिका उपहार हुन् । अव कुरा आउछ महिला हक के हो त ? समानताको हक, स्वतन्त्रताको हक, सम्पतिको हक, शिक्षाको हक जस्ता हकहरुमा हाम्रो पितृसत्तात्मक परिपाटी भएको समाजले महिलालाई हेर्ने दृष्टिकोण कस्तो छ त ?
संविधान अंकित भएर जति कानुन बने पनि हाम्रो समाजमा भएका रुढिवादी सोच र परम्परा समाप्त नभएसम्म नारीका रुपमा गरिने विभेदको अन्त हुँदैन । महिला विभेद एकै दिनमा अन्त्य हुने कुरा होइन ।
अन्त्यका लागि समाजमा रहेका प्रत्येक व्यक्तिको सोचाइमा र महिला प्रतिको हेराइमा परिवर्तन हुन जरुरी छ । बर्षको एक दिन नारी दिवस मनाएर प्रतिबद्धता जनाउँदैमा मानिसहरुको सोचमा परिवर्तन आउछ भन्ने पनि छैन ।
हाम्रा कर्महरु र त्यसका फलहरु हाम्रै सोचका परिणाम हुन । महिलालाई हाम्रा समाजले गर्ने विभेदको एक हिस्सा महिला आफै पनि हुन । एक महिलाले अर्को महिलालाई सम्मान गर्न राम्रो संग आज पनि हाम्रो समाजले जानेको छैन ।
महिला आफैले आफैलाई कम्जोर महसुस गर्ने गर्दछन् । आफैमा आफू कम्जोर रहेको हिनताका कारण पनि विभेदमा परिरहेका छन् । समानताका लागि सबैभन्दा पहिला महिलाले त्यो सोचलाई परिवर्तन गर्नु जरुरी छ ।

विगत ३० बर्ष देखि विभिन्न सामाजिक संघसस्थामा आवद्ध रहेकी मिना जोशी भन्छिन् –’विगत देखि वर्तमान सम्ममा महिला माथिको भेदभावमा खासै परिवर्तन भएको जस्तो लाग्दैन ।
एक तर्फ विभेदको अन्त भएको छ भने अर्को तर्फ कुनै न कुनै माध्यमबाट महिला विभेदमा परेको जोशीको भनाई छ । उनले भनिन् हरेक ठाउँमा महिलाको पहुँच पनि छ अवसर उत्तिकै छ तर कहिँ न कहिँबाट महिला विभेदको सिकारम परेको छ । त्यसो त कहिलेकाँहि हामी महिलाहरु आफ्नै कारणले पनि अवसरलाई चिन्न नसक्दा पछि नपरेका भने पनि होईनौ ।

अवस प्रप्तिका लागि अरुको मुख ताक्नु भन्दा पनि आफै सक्रिय हुन जरुरी रहेको जोशीले बताईन् । कतिपय विषयमाा हामी महिलाहरु प्छि पर्नका कारणा महिलाहरुको हात पनि रहेको छ, साथ दिनु भन्दा पनि निरुत्साहित गर्ने गरेको देख्दा दुःख लाग्ने गरेको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्