महिला दिवसकै दिन कपिलवस्तुमा एक महिलामाथि एसिड प्रहार

महिला दिवसकै दिन कपिलवस्तुमा एक महिलामाथि एसिड प्रहार

सामान्य विवाद हुँदा कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा एसिड प्रहार भएको छ ।

क्रिकेट ब्याटका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले ५१ वर्षीया बेदमतीदेवी गुप्तामाथि एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट गुप्ता घाइते भएकी छन् भने अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए ।

महिलाको निधार र शरीरमा तेजाब लागेको छ । तेजाब आक्रमणपछि घाइते गुप्ताको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । वरईले क्रिकेट ब्याट भाँचेपछि ब्याटको पैसा तिनुपर्ने भन्दै झगडा भएका बेला ब्याट्रिमा राख्ने एसिड गुप्तामाथि फालेका थिए ।

वरई ब्याट्री मर्मत गर्ने पसल सञ्चालक हुन् । प्रहरीले वरईको पसलबाट पाँच लिटर एसिडसमेत बरामद गरेको छ । एसिड प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा छन् । उनलाई ज्यान मार्ने उद्योगअन्र्तगत मुद्दा दर्ता गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्