कोरोना भाइरसबाट बच्न रंगेलीमा हेल्थ डेक्स स्थापना

<span class='c1'>कोरोना भाइरसबाट बच्न रंगेलीमा</span> <span class='c2'>हेल्थ डेक्स स्थापना</span>

रंंंंगेली फाल्गुन २५
रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको सामुदायिक प्रहरी सेवाकाे कार्यलयमा नाेवेल कोरोना भाइरसबाट बच्न हेल्थ डेक्स स्थापना गरिएको छ । ईलाका प्रहरी कार्यलय रंगेली , सामुुदायिक प्रहरी , नगरपालिका र रंगेली अस्पतालकाे संयुक्त सहयोगमा हेल्प डेक्स स्थापना गरिएको हाे ।

फाल्गुन २५ गतेदेखि एक महिना सम्मकाे लागि हेल्पडेक्स स्थापना गरिएको हाे । गाउँ घरमा वा अाफ्नाे घरमा बिदेश वा भारतबाट अाफ्नत हरु अाएमा उनी हरुलाई नजिकै काे अस्पताल मा स्वास्थ्य परिक्षण गराउन समेत अाग्रह गरेका छन । नगरपालिकाका मेयर दिलिप बगडियाले हेल्पडेक्स काे ब्यार पढेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा सामुदायिक प्रहरी का अध्यक्ष मचिन्द्र कटुवाल , ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक लेखनाथ दाहाल, समाजसेवी सुरेेे मिश्र , श्यामलाल शर्मा, बडा अध्यक्ष रामचन्द्र मंन्डल, घन्शयाम पनेरू , शत्रुघन रजक , महिला , बिधालय का छात्र छात्रा हरुकाे समेत उपस्थिति रहेको थियोे । युवा नेता वाेसिम अालमाले कार्यक्रममा सहभागी हरुलाई ५ सय पिस निशुल्क माक्स समेत बितरण गरेका थिए । नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण हुन नदिन पूर्व सचेतना अपनाउन का लागि हेल्पडेक्स स्थापना गरिएकाे मेयर दिलिप बगडियाले बताए ।

केहिदिन अगाडि समेत नेपाल भारत काे सिमाना मा रहेको चाेप्राहामा समेत ससस्त्र प्रहरी बि. अाे .पि रंगेलीले समेत हेल्पडेक्स समेत स्थापना गरेको जितेन्द्र बस्नेतले बताए । नगर प्रमुख बगडियाले भने अहिले काेराेना भाईरले बिश्वमै असर परेको हुनेले अाफ्नाे क्षेत्रमा त्यस्तो बिरामी फेला परेमा जस्तोसुकै ठाउँमा लगेर उपचार गराउने प्रतिव्यधयता जनाएका छन ।
त्यसैगरी नगरपालिकाले साना–ठूला भेला नगर्न, होली पर्व नमनाउन र आवश्यक सचेतना अपनाउन नगरबासीलाई आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्