प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण

काठमाडौँ, फागुन २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गाैला प्रत्यारोपणको पाँचौँ दिन आज नियमित सन्तुलित आहार दिन थालिएको छ ।

त्रिवि शिक्षण अस्पतालले उहाँको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई हिँडडुल गराउन र सन्तुलित आहार दिन थालिएको उल्लेख गर्नुभएको छ ।

उहाँको भाइटल तथा ल्याब सामान्य रहेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान दिने उहाँकी भाञ्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्यावस्था पनि राम्रो हुँदै गएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्