मोरङ र सुनसरीमा भएको दुर्घटनामा २ जनाको मृत्यु

<span class='c1'>मोरङ र सुनसरीमा भएको</span> <span class='c2'>दुर्घटनामा २ जनाको मृत्यु</span>

बिराटनगर । सुनसरी र मोरङका २ स्थानमा आईतवारसाँझ भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
आईतवार साँझ सवा ५ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ७ ख ७१८१ नम्बरको तेलको ट्याङकरले सुनसरीको ईनरुवा नगरपालिका(६ घोपाली टोलमा पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएकी स्थानीय ४८ बर्षीया मोनीमाया गिरीलाई ठक्कर दिएको थियो । घाईते गिरीको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा बेलुका सवा ७ बजे मृत्यु भएको हो ।
ठक्कर दिने ट्याङकर र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ । यसैगरी मोरङको बेलवारी नगरपालिका(९ मा मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आईतवार राती साँढे ८ बजेको समयमा बेलवारी(९ नलवारी सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे ८ प ५२२८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो ।
दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक बेलवारी नगरपालिका(१० का २८ बर्षीय तेज बहादुर धिमालको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्