भोजपुरको सुन्तलेडाँडा चियाको लागि “हब” बन्दै ।

भोजपुरको सुन्तलेडाँडा चियाको लागि “हब” बन्दै ।

राजन समीप

भोजपुर । पर्यटकीय क्षेत्र सुन्तलेडाँडा धापखर्क क्षेत्रमा पर्यटन प्रवद्र्धन र स्थानीयवासीलाई आयमूलक बनाउन चियाखेती सुरु गरिएको छ ।

खाद्यान्न बालीको उत्पादनमा ह्रास आउन थालेसँगै कृषकहरु वैकल्पिक खेतीमा जुटेका हुन् ।

भोजपुरको थामडाडाँ टेम्के सिलिचुङ संस्थाको सहकार्य र भोजपुर नगरपालिकाको सहयोगमा पर्यटकीय क्षेत्र सुन्तलेडाँडा धापखर्कमा चिया नर्सरी लगाउन सुरु गरिएको छ ।

खाली, सार्वजनिक तथा व्यक्तिगत जग्गामा चियाखेती विस्तार गरी पर्यटन प्रवद्र्धन र आर्थिक उपार्जनको श्रोत बढाउने उद्देश्य रहेको छ ।

नगरपालिकाअन्तर्गतका हेलौछा, बोखिम, सुन्तलेडाँडा, धापखर्क र टिमुरे लगायतका क्षेत्रलाई चिया जोनको रुपमा विस्तार गरिएका चिया नर्संरी हेरालु मिना शेर्पाको भनाइ छ ।

मुख्य बाली मकैमा रोगले मासिन थालेसँगै उत्पादनमा ह्रास आउन थालेपछि वैकल्पिक खेतीको रुपमा चियाखेती गर्न थालिएको हो ।

परम्परागत खेतीले निर्वाहमुखी र आयमुलक नबनेपछि चिया खेतीतिर लागेका कृषक हर्कराज शेर्पा बताउँछन् ।

करिब ३ लाख रुपैयाँको लगानीमा अहिले धापखर्कमा ६ रोपनी खाली जग्गामा १ लाख ५० हजार बराबरको चियाका बिरुवा रोपिएको छ र यसलाई ३२ रोपनीमा फैलाउने योजना छ ।

भविष्यमा ‘भोजपुरे ब्राण्ड’ का रुपमा चिया उत्पादन गरी पर्यटकको ध्यान आकृष्ट गर्नु उद्देश्यका साथ चियाखेतीमा कृषकलाई प्रोत्साहित गरिएको भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाश कुमार आलेको भनाइ छ ।

चियाखेतीमार्फत् पर्यटन प्रबद्र्धन र स्थानीयको आयस्रोत बढाउने उद्देश्यले नगरपालिकाकाले पहलकदमी सुरु गरेपछि कृषकहरु पनि उत्साहित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्