पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरमा बम विष्फोट

<span class='c1'>पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाको</span> <span class='c2'>निर्माणाधीन घरमा बम विष्फोट</span>

पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरमा बम विष्फोट भएको छ। भक्तपुरको लोकन्थलीमा निर्माणाधीन एक तल्ले घरमा बम विष्फोट भएको जिल्ला प्रहरीका कार्यालयका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

उनका अनुसार घरको पछाडि पट्टिको भागमा बम विष्फोट गराइएको छ। विष्फोटबाट मानवीय क्षति नभए पनि घरका पर्खालहरु भत्किएको उनले जानकारी दिए।

बम विप्लप नेतृत्वको पार्टीले गरेको हुनसक्ने अनुमान प्रहरीको छ। बम विष्फोटबारे प्रहरी उपरीक्षक सविन प्रधान नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ।

उनका अनुसार त्यस आसपासको क्षेत्रलाई कडा सुरक्षा निगरानीमा राखिएको छ।

-नेपाल न्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्