एसईई परीक्षाको तयारी पूरा ,प्रदेश १ मा ८४ हजार ५० परीक्षार्थी

एसईई परीक्षाको तयारी पूरा ,प्रदेश १ मा ८४ हजार ५० परीक्षार्थी

एक सातापछि शुरू हुने यस वर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने भएका छन्।

तीमध्ये नियमित (साधारण) तर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थीले जाँच दिनेछन्। राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षा नियन्त्रण कार्यालयका अनुसार ग्रेडवृद्धिअन्तर्गत साधारणतर्फ १६ हजार २ सय ४२ र प्राविधिकतर्फ १ सय ३९ परीक्षार्थी सहभागी हँुदै छन्।

चैत ६ देखि १७ गतेसम्म सञ्चालन हुने परीक्षामा सबैभन्दा बढी परीक्षार्थी बाग्मती र कम कर्णाली प्रदेशबाट छन्। बाग्मतीबाट १ लाख ३ हजार ६ सय ६७ र गण्डकीबाट ३६ हजार ४ सय ३६ सहभागी हुँदै छन्।

प्रदेश–१ बाट ८४ हजार ५०, २ बाट ७३ हजार ९ सय ८८, गण्डकीबाट ४७ हजार ३ सय ९९, ५ नम्बर प्रदेशबाट ८१ हजार ७ सय र सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७९ परीक्षार्थी सहभागी हुनेछन्।

परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षामा १ हजार ९ सय ९४ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिनुभयो। गत वर्ष १ हजार ९ सय ६९ केन्द्र थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्