टुटल र पठाओ सेवा बन्द गर्न सरोकारवालाहरुलाई निर्देशन

टुटल र पठाओ सेवा बन्द गर्न सरोकारवालाहरुलाई निर्देशन

काठमाडौं, फागुन २८ । यातायात व्यवस्था विभागले टुटल र पठाओ सेवा बन्द गर्न सरोकारवालाहरुलाई निर्देशन दिएको छ ।ट्याक्सी व्यवसायीहरुले टुटल र पठाओको सेवा बन्द गर्द माग गर्दै यातायात व्यवस्था विभाग घेर्न पुगेसंगै विभागले यस्तो सेवा रोक्न भन्दै सूचना जारी गरेको छ ।

विभागले अन्य प्रयोजनका सवारीले भाडाको यात्रु बोक्न नपाउने भन्दै यस्ता सेवा तत्काल बन्द गर्न सूचित गरेको हो ।कानून उलंघन गरे कारबाही हुने चेतावनी विभागले दिएको छ । यातायात व्यवस्था ऐनको दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने उल्लेख छ ।

यसैको आधारमा कानून विपरित सेवा प्रवाह नगर्न विभागले सूचना जारी गरेको हो । यस्ता सेवाले आफुहरुलाई समस्या परेको भन्दै ट्याक्सीचालकहरुले निरन्तर विरोध गर्दै आएका छन् ।

ट्याक्सीको मनोमानीका कारण मारमा पर्दै आएका उपभोक्तामाझ पछिल्लो समय एप मार्फत् प्रदान गरिने टुटल र पठाओको सेवा प्रति आकर्षित हुँदै गएका छन् ।प्रविधिको प्रयोग गरी सस्तोमा चुस्त सेवा दिएसंगै छोटो समयमै यी सेवा लोकप्रिय भएका हुन् । बिगतमा पनि टुटल र पठाओको सेवा विवादमा परे पछि सेवा बन्द गराइएको थियो ।

सामाजिक सञ्जालहरुमा सेवा बन्दको निर्णयको व्यापक विरोध भएपछि प्रधानमन्त्री ओलीको निर्देशनमा सेवा पुनः सुचालु गर्न दिइंदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्