मोरङको घटना : आफ्नै बुबासँग अपहरणको नाटक, ३० लाख फिरौती माग्ने छोरो पक्राउ

मोरङको घटना : आफ्नै बुबासँग अपहरणको नाटक, ३० लाख फिरौती माग्ने छोरो पक्राउ

विराटनगर फाल्गुन २८ ।

आफ्नै बुबालाई अपहरणमा परेको छु भन्दै फिरौती माग्ने छोरा पक्राउ परेका छन् । आफ्नै बुबालाई अपहरणमा परेको छु भन्दै फोन गरेर रकम माग्ने छोरालाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मोरङको बुढीगगां गाउपालीका ३ का बासबारीका शिव नारायण महतोको छोरो २४ बर्षिय मुकेश कुमार महतोले आफु अपहरणमा परेको भन्दै नाटक गरी बुबासँग ३० लाख फिरौती मागेका थिए ।

गत फाल्गुन २३ गते घरबाट निस्किएका महत्तोले सोही दिन आफ्नै बुबालाई अपहरणमा परेको भनी फोन गरेर अपहरणको नाटक गरेका थिए । घटना बारे जानकारी पाएको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा फाल्गुन २६ गते सुनसरीको भान्टावारीमा मुकेश कुमारलाई फेला पारिएसंगै अपहरण नभई अपहरणको नाटक गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

मुकेश पक्राउ परेसंगै फिरोतीको रकम सहित निजकै घरमा काम गर्ने २५ बर्षीय कृष्ण राजवंशीलाई समेत पक्राउ जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ । मुकेशले एक बर्ष अगाडी ५ लाख रुपैया सापट लिदा मिटर ब्याजको कारण ९६ लाख परिवारले तिर्नु परेको र अरु ५० लाख समेत कागज गररी आफूलाई मार्ने धम्की समेत आएका कारण नाटक गर्न बाध्यभएको प्रहरीको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रवक्ता मान बहादुर राईले जानकारी दिनुभयो ।

पक्राउ परेका महतो र उनका सहयोगीलाई अपराधिक कसुर ऐन अन्तर्गत मुद्धा चलाउईने प्रवक्ता राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्