कोरोना भाइरसबाट कोही संक्रमित भए नि:शुल्क उपचार गर्ने

कोरोना भाइरसबाट कोही संक्रमित भए नि:शुल्क उपचार गर्ने

कारोना भाईरसको उद्गम स्थल चीनको वुहानमा कोरोना संक्रमण नियन्त्रणमा आएको घोषणा भएपछि नेपाल सरकारले भने कोरोना भाइरसबाट कोही संक्रमित भए नि:शुल्क उपचार गर्ने बताएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा कोरोना भाईरसबाट कोही संक्रमित भएमा उनीहरुको निशुल्क उपचार गर्ने जनाइएको हो ।

बैठकमा नेपाल आउनेहरुको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको र जोखिम बढेमा जस्तोसुकै कदम चाल्ने पनि मन्त्री पोखरेलले जानकारी दिए ।

बैठकमा सहभागी संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुले अस्पतालको क्षमता अभिवृद्धि गर्नुपर्ने तथा आवश्यक परे सेना परिचालन समेत गर्नुपर्ने सुझाव दिएका थिए ।

नेपालमा हालसम्म कोरोना भाईरस संक्रमित नभेटिए पनि सतर्कता अपनाउनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्