रंगेलीमा जनतासँग चिया कार्यक्रम गरेपछि प्रहरी मुद्दामा कमी, प्रहरी परिसर सुनशान

रंगेलीमा जनतासँग चिया कार्यक्रम गरेपछि प्रहरी मुद्दामा कमी, प्रहरी परिसर  सुनशान

रबिन्द्र बराल

रंगेली फाल्गुन २८

ईलाका प्रहरी कार्यलय रंगेलीले सन्देश एवम् चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि पूर्वी माेरङकाे शान्ति शु-व्यवस्था सुदृढ हुन थालेको छ । ईलाका प्रहरी कार्यलय रंगेलीले आफ्नाे मातहतमा रहेका स्थानीय तहमा गएर जनतासँग चिया प्रहरी कार्यक्रम गरेपछि बिगतका दिनहरु भन्दा अहिले अपराधीक घटनाहरुमा कमि आउन थालेको छ।

प्रहरीले गाउँ घर चाेक चाेक गएर अशिक्षित तथा मध्यमबर्ग का स्थानीयहरु लाई शान्ति सुरक्षा, अपराधका घटना, बलत्कार , चेलिबेटी बेचबिखन , लागुऔषध, लगायतका बिषयमा जनचेतनामूलक कार्यक्रमहरु गााउँमै पुगेेेर जनतासंग चिया कार्यक्रम सञ्चालन गरेको थियो ।

रंगेली प्रहरीमा गत बर्षमा शिक्षा ऐन,चाेरी, अभद्र ब्यवहार ,मानव ओसारपसार ,जबर्जस्ती करण लागायत गरी २ सय १० जना बिरुद्ध मुद्दा दर्ता गरेर कारबाही गरेकाे थियोे । भने यस बर्षकाे असार मसान्त देखि हाल सम्ममा सवारी दुर्घटना ,आगलागी, कुटपिट लगायत गरि ७६ जना बिरुद्ध मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए । बिगतका दिनहरुमा ईलाका प्रहरी कार्यलयमा रहेको थुनुवा कक्षमा भरिभराउ थुनुवाहरु हुने गरेता पनि पछिल्लो समयमा भने थुनुवाहरु समेत एक दुई जना मात्रै रहेको छन ।

बिगतका दिनहरुमा प्रहरी कार्यलयमा मुद्दा मामिला मिलाउन राजनीतिक दलका कार्यकर्ता देखि बुद्धिजीवी, समाजसेवी समेत प्रहरीमा धाउने गरेता पनि अहिले भने त्यसमा कमि समेत अाएकाेे छ । पिडित का अाफन्तहरु स्वयंमै प्रहरी प्रमुखलाई भेटने र अाफै सबै कुुुरा खुलेरै बताउन थालेे पछि राजनीतिक दलका कार्यकर्ता अावतजावतमा समेत कमि अाएकाे छ ।

जनाता संग प्रहरी कार्यक्रम का कारणले समेत सामुदायिक प्रहरी समेत अहिले मुद्दा मामिला समेत कम अाउन थालेको सामुदायिक प्रहरीका अध्यक्ष मचिन्द्र कटुवालले बताए । ईलाका प्रहरी कार्यलयले रंगेली नगरपालिका ,घनपालथान गाउँ पालिका र सुनबर्सि नगरिपालीकामा गई जनता संग प्रहरी कार्यक्रम सञ्चालन गर्दे अाईरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्