ओखलढुंगामा बोलेरो जीप दुर्घटना, ८ जना घाइते, २ को अवस्था गम्भीर

ओखलढुंगामा बोलेरो जीप दुर्घटना, ८ जना घाइते, २ को अवस्था गम्भीर

ओखलढुंगा, २९ फागुन । जिल्लाकाे मानेभज्याङ गाउँपालिका- ४ केत्तुकेमा बोलेरो जीप दुर्घटना हुदाँ ८ जना घाइते भएका छन् ।घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । बिहीबार बिहान बिरगञ्जबाट रुम्जाटार आउँदै गरेको प्रदेश नम्बर ३ को ०१०२२ च ३१८३ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

दुर्घटनामा परी जिप चालक वीरगन्ज पर्साका अन्दाजी २२ वर्षीय अनिल कुमार साहानी र सोही स्थानका २६ वर्षीय सुगन्धी देवी बिनको अवस्था गम्भीर छ । उनीहरुको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक मिलन बस्नेतले बताए ।

अन्य घाइतेहरुमा नेपागन्ज बाँकेका विराज थापा, वीरगन्ज पर्साका आकाश कुमार नाबालक, मन्थली रामेछापका कपिल मगर र ओखलढुंगाकै सिद्धिचरण नगरपालिका- ४ का सनम घले, बल बहादुर श्रेष्ठ र राजन घले रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

जिपमा १२ जना सवार रहेको भए पनि अन्य चारजना भने सकुशल रहेको प्रहरी निरीक्षक बस्नेतले बताए । दुर्घटना के कारणले भयो भन्ने खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्