वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

<span class='c1'>वैदेशिक रोजगारीका लागि दिइने श्रम</span> <span class='c2'>स्वीकृति अनिश्चितकालका लागि स्थगित</span>

काठमाडौं, फागुन ३० । कोरोनाभाइरस संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित सीमा नाका मात्र संचालन गरिने भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले व्यवस्थित भन्सारसहितका नाकाबाट मात्रै स्वास्थ्य परीक्षण गरी आवागमनजको व्यवस्था मिलाउने निर्णय गरेको हो ।

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले कोभिड–१९ को महामारीबाट बच्न भारतसँग जोडिएका मुख्य नाकाबाट मात्र व्यवस्थित रुपमा आउजाउ गर्न गृह र परराष्ट्र मन्त्रालयले समन्वय गरेर काम गर्ने बताए ।

उनले संक्रमण देखिएमा आवश्यक पर्ने क्वारेन्टाइन, आइसोलेसन वार्डका साथै स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि चाहिने उपकरणको आपूर्ति बढाइने जानकारी दिए ।

यसैगरी सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने भएको छ ।

यसअघि सरकारले दक्षिण कोरियामा मात्र मार्च महिनाभरका लागि कामदारहरु नपठाउने निर्णय गरेको थियो । नेपालीका श्रम गन्तव्य मुलुकहरुसमेत कोरोना भाइरसबाट आक्रान्त भएपछि नेपाल सरकारले श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो ।

त्यसैगरी सरकारले तत्कालका लागि केही मुलुकका नागरिकलाई पर्यटक भिसा नदिने निर्णय गरेको छ । यद्यपि पर्यटन भिसा कहिलेबाट कहिलेसम्मका लागि रोक्ने भन्ने तय भने मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यन्वयन समितिले गर्नेछ । सरकारले सुरुमा पाँच देश र पछि थप तीन देशका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय गरेको थियो ।

बैठकले यो सिजनको हिमाल आरोहण पनि स्थगित गर्ने निर्णय गरेको छ । विद्यालय तथा कलेजहरु भने बन्द नगर्ने निर्णय भएको छ । संक्रमण देखिहालेमा यसबारे तत्काल नै निर्णय गरिनेछ ।

यही चैत १ गतेबाट नेपाल आउने विदेशी, नेपाली वा गैरआवासीय नेपालीले १४ दिनसम्म आफै अलग वा घरभित्रै क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्