रक्सीले लियो ज्यान : घरेलु मदिरा सेवन अत्यधिक गरेका कारण धनुषामा पाँचजनाको मृत्यु

रक्सीले लियो ज्यान : घरेलु मदिरा सेवन अत्यधिक गरेका कारण धनुषामा पाँचजनाको मृत्यु

जनकपुर । घरेलु मदिरा सेवन अत्यधिक गरेका कारण धनुषामा पाँचजनाको मृत्यु भएको छ ।

धनुषाको क्षीरेश्वरनाथ २ का पाँचजनाको ज्यान गएको हो । मृत्यु हुनेमा रामनारायण महरा, राजु महरा (भारत विहार), गुद्री महरा, रामबिलास मण्डल र ब्रहमदेव यादव रहेका छन् ।

मृत्यु हुनेमा एकजना भारतका हुन् भने बाँकी सबै क्षीरेश्वर नगरपालिकाका स्थानीय भएको प्रहरीले जनाएको छ ।

रामनारायण महरा र राजु महराको आज बिहान मृत्यु भएको हो भने बाँकी तीनजनाको दुईदिन अघि नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी तथा प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्