धनकुटाको भेडेटारमा सुरु भयो व्यावसायिक साहसिक खेल जिप लाइन उडान

धनकुटाको भेडेटारमा सुरु भयो व्यावसायिक साहसिक खेल जिप लाइन उडान

विराटनगर फाल्गुन ३० ,  प्रदेश नम्बर १ मा व्यावसायिक जिप लाइन उडान सुरु भएको छ। भेडेटारको स्वागतद्वारमा रहेको टेकअफ स्टेसनबाट धरान–४ देवीथानमा रहेको ल्यान्डिङ क्षेत्रसम्म ६५० मिटर दुरीको जिप लाइन सञ्चालनमा ल्याइएको हो।

तारमा तुन्दु्रङ झुन्डिएर धरान–भेडेटारको नागबेली सडक र सुन्दर प्रकृति हेर्दै यात्रा रमाइलो हुने संचालन बताउछन । उक्त  यात्रा गर्न ४५ सेकेन्ड लाग्ने छ।

दुई वर्षको अध्ययनपछि ३ करोड लागतमा बनेको भेडटार देवीथान जिप लाइन बन्न चार महिना लागेको कम्पनीका सदस्य विवश भण्डारीले जानकारी दिए।अस्ट्रियन प्राविधिक तथा अमेरिकी प्रविधिले जिप लाइन निर्माण भएको छ ।

कम्पनीका सञ्चालक केदार थापाका अनुसार १६ एमएम डाइमिटरको जिप लाइन केवलको क्षमता ११ हजार ३ सय केजी छ। हार्नेस र क्याराबिनरको क्षमता क्रमशः २२ सय र २७ सय केजी छ।

क्यासिक, सुपरम्यान र टेन्डेम गरी तीन प्रकारका सेवा हुने जिप लाइनको शुल्क नेपालीलाई क्रमशः १२ सय, १५ सय र २ हजार लाग्छ। विदेशीलाई भने १५ देखि २२ डलरमा सेवा दिइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्