विराटनगर ।
सुनसरी बराहक्षेत्र– ५ बस्ने मन्जु राजधामीको ५ बर्षीय छोरा सुजन राजधामीको टिफरको ठक्करबाट मृत्यु भएको छ । बिहीबार बेलुका सवाँ ६ बजे राजधामी चौक स्थित सडक खण्डमा नहडाबाट कालाबन्जर तर्फ जादै गरेको को १ ख ५७६५ नम्बरको टिफरले बाटो क्रस गर्दै गरेका बालक सुजनलाइ ठक्कर दिदा गम्भिर घाईते भएका उनलाई थप उपचारार्थ काठमाण्डौ लादै गर्दा आज बिहान ०३ बजे उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । ठक्कर दिने टिफर र टिफर चालक प्रदिप चौधरी नियन्त्रणमा रहेको सुनसरी प्रहरीले जनाएको छ ।