देशैभर आकाश धुम्मियो : असिना, हावाहुरी र चट्याङसहित वर्षा हुने

देशैभर आकाश धुम्मियो : असिना, हावाहुरी र चट्याङसहित वर्षा हुने

काठमाडौं- पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आज (शुक्रबार) देशैभरको मौसम धुम्मिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम धुम्मिएसँगै आज हावाहुरी, असिना र चट्याङसहित देशका विभिन्न भागमा वर्षा हुने सम्भावना रहेको छ । अहिले पश्चिम र मध्य क्षेत्रमा सामान्य र बाँकी क्षेत्रमा आंशिक बादल लागेको छ ।

महाशाखाकी मौसमविद् मञ्जु वासीका अनुसार काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा हुनेछ भने पश्चिमी क्षेत्रमा मध्यम खालको वर्षाको सम्भावना देखिएको छ ।

पश्चिमी क्षेत्रमा हावाहुरी र चट्याङसँगै असिना पर्ने सम्भावना समेत देखिएको उनले जानकारी दिइन् । काठमाडौं उपत्यकामा पनि हल्का हावाहुरी चल्ने उनको अनुमान छ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमापातको सम्भावना रहेको उनले बताइन् ।

शनिबार (भोलि) पनि मौसम पूर्ण रुपमा नखुल्ने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । भोलिको मौसम करिब आजको जस्तै हुने र आइतबारबाट मात्रै मौसम सफा हुने मौसमविद् वासीले जानकारी दिइन् ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

फागुन ३० गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

राति: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भाग लगायत मध्य का धेरै स्थानहरूमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

चैत्र ०१ गते (शनिबार)

दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

राति: देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका पश्चिमी भू-भागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

चैत्र ०२ गते (आईतबार)

दिउँसोः देशका अधिकांश भू-भागमा आन्शिक देखि सामान्य बदली रहनेछ। देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशका पहाडी भू-भागमा आन्शिक देखी सामान्य बदली रहनेछ। देशको मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्