काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)बारे जानकारी दिन सरकारले आजबाट निःशुल्क टोल फ्री नम्बर सञ्चालन गरेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अब टोल फ्री नम्बर १११५ मा फोन गरेर कोरोना भाइरसबाट सूचना लिन तथा परामर्श गर्न सकिनेछ।
महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेका अनुसार यो सेवा २४ सै घण्टा खुला रहनेछ। उनले कोरोनाको लक्षण देखिएको शंका लागेमा टोल फ्री नम्बरमा फोन गरी जानकारी गराउन तथा परामर्श लिन आग्रह गरे।