सहकारी व्यवस्थापन गर्ने आधारभुत तालिम रंगेलीमा सुरु

सहकारी व्यवस्थापन गर्ने आधारभुत तालिम रंगेलीमा सुरु

रबिन्द्र बराल

रंगेली  चैत्र २
''एकका लागि सबै , सबैका लागि एक`` भन्ने मुल नाराका साथ माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मेलिना गेष्ट हाउसमा  सहकारी व्यवस्थापन गर्नेका लागि ६ दिने अाधारभुत तालिम सुरु भएको छ । उक्त तालिममा रंगेली नगरपालिका ,सुनवर्सि नगरपालिका ,रतुवामाई नगरपालिका र धनपालथान गाउँपालिकामा रहेका सहकारीहरु मध्येे सफल र उत्कृष्ट व्ययवसाय समेत गरिरहेेेका
सहकारीहरु मध्ये २५ वटा सहकारीका प्रतिनिधिलाई समावेश गराइएको छ । एक कार्यक्रमकाे आयाेजना गर्दे विधिवत रुपमा तालिमको उद्घाटन गरेका थिए ।

कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला सहकारी संघ माेरङका अध्यक्ष डिल्ली पाेख्रेल, अतिथि राकेश दाहाल,सद्भाव बचतका अध्यक्ष एवम् ईन्जिनियर कमलेश्वर ठाकुर, रामनारायण मंन्डल, विभिन्न सहकारीका सदस्य लागायतकाे समेत उपस्थिति रहेको थियोे । सहकारी सञ्चालन गर्ने ब्यक्तिहरुलाई सहकारीका बारेमा जानकारी नहुदा पछिल्लो समयमा धेरै सहकारी संस्थाहरु बन्द भएको हुनाले यस्तो प्रकारको अाधारभुत तालिम ग्रामीण क्षेत्रमा रहेका सहकारीहरुलाई अतिनै आवश्यक रहेको हुनाले ६ दिने तालिम सञ्चालन गरेको डिल्ली पाेख्रेलले बताए । कार्यक्रममा उपस्थिति रहेका अतिथि हरुले सहकारीका बारेमा समेत बाेलेका थिए ।

उक्त कार्यक्रमकाे प्रशिक्षक नरेन्द्र पराजुली ,रमेश ठकाल,हर्कुलस पाेख्रेल, लागतले तालिमको प्रशिक्षण गर्ने भएका छन । जिल्ला सहकारी माेरङकाे संयाेजक तथा सहकारी प्रशिक्षालय प्रदेश नम्बर एक सुनसरी ईनरुवाकाे अायाेजनामा तालिममा सञ्चालन भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्