सिरहामा स्कूल बसको ठक्करबाट एक बालकको मृत्यु

सिरहामा स्कूल बसको ठक्करबाट एक बालकको मृत्यु

सिरहा । भित्री सडकखण्ड अन्तर्गत सिरहामा नपा २२ मा स्कूलबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शिक्षादिप बोर्डिङ्ग स्कूलको ध। १ ख ३५७ नम्वरको बसको ठक्करबाट सिरहा नपा २२ बङ्गठिायाका नरेशकुमार सिंहको २ वर्षिय छोरा पंगजको घटनास्थलमै मृत्यु भएको हो ।

बस प्रहरीले नियन्त्रणमा लिएपनि चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विनोद घिमिरेले जनाएका छन् । बाटोमा खेलिरहेको बालकलाई बसले ठक्कर दिएको बताइएको छ । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ ।

विद्यालयहरुले प्रायः चालक अनुमतिपत्र नभएका नयाँ चालकहरु राख्ने गरेकाले दुर्घटना बढी हुने गरेको स्थानीय अभिभावकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्