झापामा कोभिड–१९ सङ्क्रमको आशङ्का गरिएका बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि

झापामा कोभिड–१९ सङ्क्रमको आशङ्का गरिएका बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि

काठमाडौं, चैत ३ । कोभिड–१९ सङ्क्रम को आशङ्कामा झापाबाट आइतबार काठमाडौं ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ ।

भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो ।

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले ती बिरामीलाई कोभिड–१९ नभएको स्पष्ट गरे ।

“उक्त बिरामीलाई जाँच गर्दा सामान्य रुघाखोकी र ज्वरो आएको भेटियो तर कोभिड–१९ को भने सङ्क्रमण देखिएको छैन”, उनले भने । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्