विराटनगरमा ग्यासको अभाव छैन, आफ्नै कारण आफै मारमा उपभोक्ता

विराटनगरमा ग्यासको अभाव छैन, आफ्नै कारण आफै मारमा उपभोक्ता

विराटनगर  चैत्र ४ । कोरोना भाइरसको प्रभावले नाकाबन्दी हुने हल्लासगै उपभोक्ताले ग्यासको माग बढी गर्न थालेका छन् । ग्यासको अभाव हुने डरले उपभोक्ताहरु खाना पकाउने ग्यासको जोहो गर्न थालेका हुन् । उपभोक्ताहरुले दुई भन्दा बढी ग्यासहरु भरेर राख्न थाले पछि ग्यासको अभाव देखिएको हो । एक परिवारले आवश्यक पर्ने भन्दा बढी ग्यास सिलिण्डर भरेर स्टकको रुपमा राख्न थालेका छन् । ग्यास सिलिण्डरको माग आवश्यकता भन्दा बढी भएका कारण ग्यासको अभाव देखिएको हो ।

प्रदेश १ ग्यास उद्योग संघका अध्यक्ष सरलराज पोखरेल भन्छन्, – ‘ग्यास सिलिण्डरको आवश्यकता भन्दा आपूर्तिमा कुनै कमी भएको छैन । ग्यासको अभाव हुन्छ भने हल्लाले गरेर उपभोक्ताको माग बढी भएका कारण अभाव देखिएको हो ।’ उनका अनुसार हाल मोरङ्गमा ५ वटा ग्यास कम्पनी रहेका छन् । जसमध्ये कोशी ग्यासको ७० प्रतिशत बजारमा उपभोक्ता रहेका छन् भने अन्य कम्पनीका उपभोक्ता ३० प्रतिशत रहेका छन् । हाल मोरङ्गमा ८ सय देखि ८ सय ५० वटा ग्यास डिलर रहेका छन् । ग्यासको बजार मुल्य १ हजार ३ सय ४५ रहेको छ ।
त्यस्तै गरी विराटनगर ६ मा रहेको कोशी ग्यास डिलरका सञ्चालक भन्छन्,–‘ सिलिण्डर ग्यासको अभाव छ भन्नु हल्ला मात्र हो, हामीहरुले सधाको जति ग्यास पाइरहेका छौं र कम्पनीले मागे अनुसार पठाइ नै रहेको छ । ’त्यस्तै विराटनगर १० मा होटल सञ्चालन गर्दै आएका मनिस राजवंशी भन्छन्,–‘ मैले एउटा सिलिण्डरको १५ सयका दरले ६ वटा सिलिण्डर भरेर ल्याए । भोलीका दिनमा पाइएन भनी त मेरो रोजिरोटी नै बन्द हुन्छ ।’
ग्यास अभावको हल्लाको फाइदा खुद्रा व्यापारीहरुले उठाएका छन् । अभाव छ भनेको बेला पाइदैन भन्दै आफू खुसी ग्यासको मुल्य तोकेर विक्री गरिरहेका छन् । भोलीका दिनमा ग्यास नपाइने होकी भन्ने डरले उपभोक्ताहरु बढी मुल्य तिरेर भए पनि सिलिण्डर ग्यासको जोहो गरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्