मोरङको धनपालथानमा सीमावर्ती क्षेत्रमा काेराेनाको हेल्थडेक्स स्थापना गर्याे

मोरङको धनपालथानमा सीमावर्ती क्षेत्रमा काेराेनाको हेल्थडेक्स स्थापना गर्याे

रबिन्द्र बराल

रंगेली चैत्र ३

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोविड १९) बिषयमा परीक्षण गर्नका लागि माेरङकाे धनपालथान गाउँपालिका ३ स्थित मायाँगञ्माकाे सीमा नाकामा हेल्थ डेक्स तथा सहायता केन्द्रकाे स्थापना गरिएको छ ।

भारतीय सीमा संग सीमा जोडिएकाेे धनपालथान गाउँपालिकाद्वारा मायागंजकाे सिमानामा कोरोना भाइरस संंक्रमणको शंकास्पद व्यक्तिहरुको लागि सहायता केन्द्र संचालन स्थापना गरिएको छ ।उक्त हेल्थ डेक्स स्थापनाका लागि धनपालथान गाउँपालिका अध्यक्ष हरिलाल सिहं, ससस्त्र प्रहरी बिअाेपि मायाँगञ्जका बिराज भट्ट , ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहाल, बडाअध्यक्ष ,स्थानीय लगायतकाे उपस्थिति समेत रहेको थियो ।

भारतमा कोरोना भाइरसको सक्रमण भएको बिरामी भेटिएपछि हेल्थ डेक्स स्थापना गरिएको हरिलाल सिहले बताए । भारतको नागरिक नेपाल प्रवेश गर्न लागेको बेला कोरोना भाइरस संक्रमित भएको लक्षण देखिए नेपाल तर्फ प्रवेशमा रोक लगाउने र नेपाली नागरिकमा त्यस्तो लक्षण भेटिए सम्बन्धित ठाउमा उपचार गर्नका लागि पठाउने उद्धेश्यका साथ हेल्थ डेक्स स्थापना गरिएको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्