सुनसरीका दुई कैदीबन्दी र सात जना दृष्टिविहिनसहित १३ हजार ६९ एसईई परीक्षामा सहभागी हुँदै

सुनसरीका दुई कैदीबन्दी र सात जना दृष्टिविहिनसहित १३ हजार ६९ एसईई परीक्षामा सहभागी हुँदै

जयकृष्ण यादव
इनरुवा, चैत ४ गते । सुनसरीका दुई कैदीबन्दी र सात जना दृष्टिविहिनसहित १३ हजार ६९  एसईई परीक्षामा सहभागी हुँदैछन् ।
चैत ६ गतेबाट संचालन हुन लागेको परीक्षामा सुनसरीका १३ हजार ६९ जना विद्यार्थीहरुले परीक्षा दिने भएकाले ४८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
जिल्लाको १२ स्थानीय तह मध्ये भोक्राहा नरसिंह गाउँपालिका बाहेक ११ वटा स्थानीय तहका माध्यमिक विद्यालयहरुलाई केन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकार्ई प्रमुख रमेशबहादुर दाहालका अनुसार भोक्राहा नर्सिह गाउँपालिका भित्रका विद्यालयहरुमा विद्यार्थीहरुको संख्या न्यून रहेको र साविकमा पनि छिमेकी पालिकामा केन्द्र पर्ने भएकाले केन्द्र नराखिएको हो ।
भोक्राहा नरसिंहका परीक्षार्थीहरुलाई नजिको केन्द्र कोशी गाउँपालिका, बराहक्षेत्र र इनरुवा नगर भित्र रहेका नजिक पर्ने केन्द्रमा परीक्षा दिन केन्द्र निर्धारण गरिएको छ ।

यहाँका ४८ परीक्षा केन्द्र मध्ये सामुदायिक नियमित ४४ वटा, संस्थागत नियमित ३ वटा, संस्थागत अपग्रेड एउटा परीक्षा केन्द्र तोकिएको छ । जिल्लामा १०३ समुदायक विद्यालयका परीक्षार्थी नियमिततर्फ छ हजार ३३६ जना र अपगे्रडतर्फ ३१६ जना, १८३ वटा संस्थागत विद्यालयका नियमिततर्फ छ हजार १५९ जना र अपग्रेडतर्फ २६ जना, ८ प्राविधिक विद्यालयका नियमिततर्फ २३१ अपग्रेडतर्फ एकजना गरी कुल १३ हजार ६९ जना परीक्षार्थीले परीक्षा दिने भएका छन ।
परीक्षा केन्द्रहरुमा केन्द्राध्यक्ष ४८, साहयक केन्द्राध्यक्ष ८६, निरीक्षक ६५९, परीक्षा साहयक १३४, कार्यालय सहयोगी २५७ कर्मचारीहरु खटाउने गरिएको इकाई प्रमुख दाहालले बताउनुभयो ।

यसैबीच विश्वव्यापी फैलिएको कोरोना भाईरसको त्रास कम गर्नका लागि परीक्षा केन्द्रहरुमा स्वास्थ हेल्प डेस्क राखिने व्यवस्था गरिएको छ । सुनसरीमा परीक्षा सम्बन्धि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
उता सुनसरीको क्षेत्रिय कारागारका अमन चौधरी र जनक चौधरीसहित दुई कैदीबन्दी तथा ज्ञान चक्षु विद्यालयका शितलकुमार राजवंशी, देविका राई, उपेन्द्र थापा, सुरज तामाङ, सन्जुकुमारी पंडित, प्रह्लाद चौधरी र गगन आलेसहित सातजना दृष्टिविहिन विद्यार्थीहरु सहभागी हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्