पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना

समाजवादी पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

उनी बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना भएका हुन् ।‘ब्याक पेन’ भएर अस्पताल भर्ना हुनुपरेको उनका स्वकिय सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, “पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्य अवस्थाबारे–ब्याक पेन भएर राति ८ बजेतिर अस्पताल भर्ना हुनुभएको हो । चिकित्सकको सल्लाहमा राति उहाँ अस्पतालै रहनुभयो । एन्जिओग्रामलगायत जाँच–परीक्षणपछि सबै रिपोर्टहरु सामान्य देखिएकाले केही प्रक्रिया पूरा गरेर आजै डिस्चार्ज हुनुहुनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्