प्रहरीले तासको खालबाट युवा संघ र तरुण दलका जिल्ला नेताहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युवासंघ खोटाङका रसकुमार राई र तरुण दल खोटाङका कोषाध्यक्ष रुपेन्द्र राईलगायत ९ जना रहेका छन् ।
उनीहरुलाई बुधबार राती खोटाङको हलेसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) बामदेव गौतमले पुष्टि गरे ।
उनीहरुको साथबाट ७४ हजार ११० रुपैयाँ र तीन बुक तास बरामद भएको डीएसपी गौतमले बताए । उनीहरुलाई खोटाङको सदरमुकाम दिक्तेलको हिरासतमा राखिएको छ ।