रबिन्द्र बराल , रंगेली चैत ६,
विश्वव्यापी महामारीको उग्ररुप लिईरहेकाे कोरोना भाईरस फैलिए पछि अहिले नेपालमा समेत उच्च सतर्कता अपनाउन आग्रह गरे संगै मोरङको रंगेली नगरपालिका ७ मा रहेेको श्री संसारी माईस्थान मन्दिरमा केेेही दिनका लागि बलि बन्द गरिने भएको छ ।
विशेष गरेर प्रत्येेक साताकाे मंंगलबार र शनिबार भक्तजनहरुकाे उल्लेख्य सहभागी हुदै आएकाेमा नेपाल सरकारले कुनै पनि ठाउँमा २५ जना भन्दा बढि सहभागी नहुन निर्देशन दिएपछि मन्दिरले बिहीबार सार्वजनीक सुचना टास गर्दै केही दिनका लागि बलि बन्द हुने जनाएको छ ।
कोरोना भाईरसको जोखिमलाई ध्यान दिदै अर्को सुचना नअाउनजेल सम्मका लागी बली मा रोक लगाएको हो । उक्त मंन्दिरमा नेपाल तथा भारतका विभिन्न ठाउँबाट भक्तजनहरुकाे उल्लेख्य सहभागी हुदै अाएका थिए । भारतमा समेत कोरोनाको संक्रमण देखिएकाले मन्दिरमा भिडभाड हुन नदिनका लागि मन्दिरमा बली रोक्नु परेको र दैनिक पुजापाठ भने हुने नियमित हुने मंन्दिर व्यवस्थापन समितिका अध्यक्ष संजिव श्रेष्ठले बताए ।