रवीन्द्र बराल
विराटनगर चैत्र ७ ,काेराेना राेगबाट कसरी बाच्न सकिन्छ भन्ने उदेश्य ले माेरङकाे रंगेली अस्पतालमा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
ईलाका प्रहरी कार्यलय रंगेलीकाे मातहतमा रहेका प्रहरी चाैकीका प्रहरी प्रमुखहरुलाई काेराेना राेग सम्धित जनचेतनामूलक कार्यक्रमकाे अायाेजाना गरिएको छ । विश्वव्यापी महामारीको उग्र रुप लिईरहेकाे अबस्थामा सिमा क्षेत्र तथा अन्य स्थानमा रहकाे १७ प्रहरी चाैकीका ४५ जना ईन्चार्जहरुलाई कोरोना भाईरस फैलन थालेकाे र यस बाट कसरी बच्न सकिन्छ र गाउँ घरमा भारत तथा बिदेश बाट अाएकाे सर्वसाधारणहरुलाई कसरी सचेतना गराउने भन्ने बारेमा उक्त कार्यक्रम गरिएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेखनाथ दाहाल डाक्टर संग परामर्श लिएको बताए ।
रंगेली अस्पतालका प्रमुख राेहिन्द्र पाण्डेले काेराेना राेगकाे बारेमा जानकारी गराएका थिए । उनलेे भने अहिले नेपालमा समेत उच्च सतर्कता अपनाउन अाग्रह गरे संगै अाफु हरुले समेत अाफै सचेत हुने र अरुलाई समेत सुरक्षित रहन अाग्रह समेत गरेका छन ।