नर्भिक इन्टरनेसनल अस्पताल काठमाडौंले भन्यो “कोरोनाको विमारी फेला परेको छैन”

नर्भिक इन्टरनेसनल अस्पताल काठमाडौंले भन्यो “कोरोनाको विमारी फेला परेको छैन”

काठमाडौं, चैत ८ ।

नर्भिक इन्टरनेसनल अस्पताल काठमाडौंले अस्पतालमा ‘कोभिड–१९’ का बिरामी भेटिएको भनेर कपोलकल्पित सूचना प्रचार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अस्पतालले शनिबार एक विज्ञप्ति जारी गरी हालसम्म ‘कोरोनाभाइरस’का कुनैपनि बिरामी फेला नपरेको स्पष्ट पारेको छ ।

त्यस्ता सूचना सार्वजनिक गर्नु सामाजिक अपराध भएकाले विज्ञप्तिमा कानुनी कारबाहीको माग गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्