श्री एयरलाइन्सको नयाँ भाडादर सार्वजनिक,काठमाडौ-विराटनगर भाडा यस्तो ।

श्री एयरलाइन्सको नयाँ भाडादर सार्वजनिक,काठमाडौ-विराटनगर भाडा यस्तो ।

श्रीको भाडादरमा भद्रपुरको भाडादर अधिकतम ७ हजार ४ सय रुपैयाँमात्र छ । जबकि नयाँ भाडादर अनुसार यात्रुले भद्रपर उड्न ८ हजार ९६५ रुपौयाँ तिर्नुपर्छ । त्यसैगरी, सरकारले तोकेको काठमाडौंदेखि बिराटनगरसम्मको भाडा ७ हजार ४ सय ४० रुपैयाँ छ । तर, श्रीले अधिकतम ६ हजार १ सय रुपैयाँ लैजाने दाबी गरेको छ । जनकपुरको भाडा ४ हपार २ सय ४० रुपैयाँ छ । श्रीले अधिकतम ३ हजार ३ सय रुपैयाँमा लैजाने बताएको छ ।

सकारले सिमराको भाडा ३ हजार ८० रुपैयाँ तोकेकोमा श्रीले ३ हजारमा लैजाने बताएको छ । यसैगरी सरकारले काठमाडौं पोखराको भाडा ४ हजार ९७५ तोकेको भएपनि श्रीले अधिकतम ३ हजार ७ रुपैयाँमा पोखरा उडाउने भएको हो । त्यसैगरी भैरहवाको भाडा ६ हजार १०५ रुपैयाँ तोकेकोमा श्रीले अधिकतम ४ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । त्यसैगरी, सरकारले नेपालगन्ज र धनगढीको भाडा क्रमशः ९ हजार ८५० र १२ हजार ४ सय ५० रुपैयाँ तोकेकोमा श्रीले अधिकतम ६ हजार २ सय र ७ हजार ९ सयमा यात्रुलाई लैजान लागेको श्रीका प्रबन्धक अनील मानन्धरले जानकारी दिए ।

अहिले काठमाडौं छाड्ने यात्रुको सङ्ख्या बढेको छ । यस्तो बेला आन्तरिक एयरपोर्टमा यात्रुको चाप छ । जति टिकट विक्री हुँदै गयो, उत्ति टिकटको मूल्य अटोमेटिक बढ्ने गर्छ । तर, श्रीले मेनुअल रुपमा टिकटको मूल्य घटाएको हो । अब काट्ने टिकटमा आगामी दुई दिन उल्लेखित भाडादर लागु हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्