सचेत रहौ : आजदेखि देशैभरका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

सचेत रहौ : आजदेखि देशैभरका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौं । कोभिड १९ को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले आइतबार (आज) देखि देशैभरका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधनमार्फत गरेको घोषणाअनुसार  संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामूदायिक तथा नीजि नीजि सेवा प्रदायक संघ संस्थबाट प्रदान गरिने सेवा बन्द हुनेछन् ।

नेपाल राजपत्रमा प्रकाशन गरिएका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द हुने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस्तो सेवा आगामी चैन २१ गतेसम्म बन्द रहनेछन् ।

यस्तै आइतबारदेखि नै चैत १८ सम्म अन्तराष्ट्रिय उडान पनि बन्द रहनेछन् ।

यस्तै चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुबाहक सवारी साधन बन्द गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्