अब धरानमा पनि कोरोनाको परिक्षण गर्ने तयारी, कीट पर्खदै विपि प्रतिष्ठान

अब धरानमा पनि कोरोनाको परिक्षण गर्ने तयारी, कीट पर्खदै विपि प्रतिष्ठान

धरान चैत ९,

काठमाडौमा टेकु अस्पतालमा मात्रै परीक्षण हुँदै आएको कोरोना भाइरसको परिक्षण प्रदेश नम्बर १ को धरान स्थित  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि हुने भएको छ ।

१० वटा आईसोलेसन बेड तयारी अवस्थामा राखिएकोमा सोमबार देखि २ वटा आईसियु सहितको २० वटा बेड सञ्चालनको तयारीमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सुचना शाखा प्रमुख धुर्व नेपालले जानकारी दिए ।

उनका अनुसार कोरोना परीक्षणका लागि ल्याब सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । ल्याब तयारी भएपछि सरकारले कोरोना परीक्षणको लागि कीट पठाउने बित्तिकै प्रतिष्ठानमै कोरोनाको परीक्षण हुने उनले बताए । नेपाल सरकारको सहयोगमा प्रतिष्ठानले परिक्षण सेवा बिस्तार गरेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्