मोरङमा युवा संघ नेपाल कोरोनाको जनचेतना फैलाउदै

मोरङमा युवा संघ नेपाल कोरोनाको जनचेतना फैलाउदै

राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटीले कोरोना भाइरस विरुद्धको सचेतना अभियानलाई निरन्तरता दिएको छ । एक साता अघिदेखि सुरु गरेको सचेतना कार्यक्रम अन्तर्गत उर्लाबारी नगरपालिका स्थित मंगलबारे अस्पतालमा कोरोना भाइरसबाट बच्न कस्तो तयारी भइरहेको छ भन्ने विषयमा सेवाग्राहीहरुलाई जानकारी गराएको छ ।

त्यसैगरी रतुवामाइ नगरपालिकामा पर्ने बरडङ्गा सीमानाका भएर आवतजावत गर्ने सर्वसाधारणको स्वास्थअवस्थाबारे जानकारी लिदै उक्त स्थानमा समेत सन्देशमुलक पर्चा वितरण गरेको छ । त्यसैगरी पथरी नगरपालिकास्थित पथरी अस्पतालमा पुगेर औषधि लिन आउनेहरुलाई कोराना भाइरस कस्तो अवस्थामा लाग्छ भन्ने बारेमा जानकारी दिदै जनचेतनामुलक पर्चा पम्प्लेटहरु उपलब्ध गराएको जिल्ला संयोजक नवीन पौडेलले बताए ।

साथै ‍औषधि, मास्क, स्यानिटाइजर लगायतको कालोबजारी रोक्न स्थानीय प्रशासनलाई खबरदारी गर्दै आएको राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य विजय डाँगीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्