कञ्चनपुर लकडाउन :अनिश्चितकालका लागि कञ्चनपुर जिल्लाभर घरबाहिर निस्किन प्रतिबन्ध

कञ्चनपुर लकडाउन :अनिश्चितकालका लागि कञ्चनपुर जिल्लाभर घरबाहिर निस्किन प्रतिबन्ध

राजेन्द्रप्रसाद अवस्थी

कञ्चनपुर, चैत ९ गते । कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि अनिश्चितकालका लागि कञ्चनपुर जिल्लाभर घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ
प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भन्नुभयो, ‘आइतबार रातिदेखि लागू हुने गरेर कञ्चनपुरलाई ‘लक डाउन’ गरिएको छ, ‘शब्दमा कफ्र्युभन्दा त्रास हुन्छ, कफ्र्यु भनेका छैनौँ तर कफ्र्यु जस्तै हो ।’

आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जनप्रतिनिधि, सुरक्षा अधिकारीसहितका सरोकारवालाहरुको बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।
प्रशासनको सूचनाको उल्लङ्घन गरेर घरबाहिर कोही आयो भने सुरक्षाकर्मीले कानुनबमोजिम कारबाही गर्नसक्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, व्यवसाय, उद्योग, कलकारखाना बन्द गर्न आग्रह गरेर विज्ञप्ती सार्वजनिक गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी खतिवडाले गड्डाचौकीनाका भने मङ्गलबारदेखि अनिश्चितकालका लागि बन्द गरिने बताउनुभयो । भारतबाट घर फर्किनेहरुलाई फर्कन दिनका लागि दुई दिनको समय सीमा दिइएको हो उहाँले बताउनुभयो । गड्डाचौकीबाट शनिबार मात्रै १७ हजारभन्दा बढी नेपालीहरु भारतबाट फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्