आजदेखि एक जिल्लाबाट अर्को जिल्लामा चल्ने सार्वजनिक यातायात संचालनमा रोक

आजदेखि एक जिल्लाबाट अर्को जिल्लामा चल्ने सार्वजनिक यातायात संचालनमा रोक

काठमाडौं । सरकारले आज(सोमबार)देखि लामो दूरीको यात्रुवाहक सवारीसाधन संचालनमा रोक लगाएको छ ।गत शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै आजदेखि लामो दूरीका यात्रुबाहक सवारीसाधन संचालनमा रोक लगाउने घोषणा गरेका हुन् ।

आजदेखि अन्तरजिल्ला अर्थात एक जिल्लाबाट अर्को जिल्लामा चल्ने सार्वजनिक यातायात संचालनमा रोक लगाइएको छ ।केही दिनका लागि यो नियम लागू भएको हो । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिम बढेको र यसले त्रास पनि निम्त्याएको भन्दै सरकारले सार्वजनिक यातायातमा केही दिनका लागि रोक लगाएको हो ।

यातायात व्यवस्था विभागका अनुसार लामो दुरीका सवारीसाधन भन्नाले २ सय ५० किलोमिटरभन्दा बढी दुरीमा गुड्ने सवारीसाधनलाई बुझाउँछ ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने त्रासका कारण विद्यालयसहितका शैक्षिक संस्था बन्द भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्