कोरोनाको बहानामा श्रमिकहरु कटौति तथा निष्काशन नगर्न आग्रह

कोरोनाको बहानामा श्रमिकहरु कटौति तथा निष्काशन नगर्न आग्रह

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(जेयिूसीसी)ले कोरोना भाइरस संक्रमण(कोभिड–१९)को संन्त्रासकै वहानामा श्रमिकहरु कटौति तथा निष्काशन नगर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

केन्द्रका अध्यक्ष पुष्कर आचार्यले सोमबार एक विज्ञप्ती जारी गदै महामारीको गलत फाइदा उठाउँदै चिया बगान, उद्योग प्रतिष्ठान, होटललगायतका श्रमिकहरु कटौति तथा निष्काशन गर्ने कार्यको केन्द्रले भत्र्सना गरेको छ ।

साथै केन्द्रमा आवद्ध महासंघहरुलाई सरोकारवालाहरुसँग हातेमालो गरेर अघि बढ्न पनि केन्द्रले आग्रह गरेको छ । कोरोना भाइरस फैलिएका देशमा काम गर्ने नेपाली संक्रमितहरुको स्वास्थ्यका बारेमा कुटनीतिक माध्मबाट पहल गर्न पनि सरकारलाई केन्द्रले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्