रबिन्द्र बराल
बिश्वब्यापी रुपमा फैलिएको काेराेना भाइरस अहिले नेपालमा समेत देखा परेपछि आम मानिसहरु डर र त्रासमा रहकेका छन । पछिल्लो समयमा काठमाडौमा काेराेनाकाे बिरामी फेला परेपछि अझै त्रास उत्पन्न भएको छ ।
अब याे राेगबाट कसरी बाँच्न सकिन्छ भनेर मानिसहरु चिन्ता समेत हुन थालेका छन । साेहि क्रममा रंगेली नगर युवा क्लवले माेरङकाे रंगेली नगरपालिका ७ मा रहेकाे ऐतिहासिक एवम् साक्षात देवीको बासस्थान रहेको संन्सारी माई मंन्दिरमा युवा क्लवले विश्व शान्ति तथा नेपालमा फैलिएको काेराेना भाईरस राेकथाम तथा निर्मुल हाेस भनेर दिप प्रज्वलन गरेका छन ।
संन्सारी मंन्दिरमा प्रज्वलन गरेर बिश्व शान्तिकाे कामना गरिएको क्लवका अध्यक्ष निरज साहले बताए । उक्त दिप प्रज्वलनमा रंगेलीका समाजसेवी मचिन्द्र कटुवालले भने अहिले बिश्वभरी काेराेना भाईरस फैलिएको हुनाले साक्षात देविकाे बासस्थान रहेको संन्सारी मंन्दिरमा दिप प्रज्वलन गरेपछि राेगकाे निवारण हुने धार्मिक विश्वास रहेको बताए ।
साे कार्यक्रम मंन्दिर व्यवस्थापनका अध्यक्ष ,सदस्य ,लगायत युवा,बुद्धिजीवी ,समाजसेवीहरुको समेत उपस्थिति रहेको थियोे ।