मोरङ कांग्रेस कोरोनाबाट बच्ने सचेतना अभियान लिएर गाउँमा

<span class='c1'>मोरङ कांग्रेस कोरोनाबाट बच्ने</span> <span class='c2'>सचेतना अभियान लिएर गाउँमा</span>

विराटनगर ।
नेपाली कांग्रेस मोरङले कोराना भाईरसबाट सबै सर्वसाधारणलाई सचेत गराउने अभियान सुरु गरेको छ । मोरङका ६ वटै निर्वाचन क्षेत्रका कांग्रेस जिल्ला सदस्यहरु, स्थायी, आमन्त्रीत तथा सल्लाहाकारहरुको सुझावका अधारमा यो अभियान शुरु गरिएको हो।

प्रचार प्रसारलाई व्यापक बनाउने, माक्स, सेनिटाजर लगायतका सामाग्री गाउँ टोलमा बितरण गर्ने , आम जनताले उपभोग गर्ने खाद्यान्न सामग्री तथा त्यसमा हुनसक्ने कालो बाजारीलाई अनुगमन गर्न स्थानीय प्रशानलाई अनुरोध गर्ने कांग्रेस सभापति डिगबहादुर लिम्बुले बताउनुभयो ।
नेपाली कांग्रेसले खुला बोर्डरले मानिस आवत–जावतकाकारण भाईरस भित्रिन सक्ने भएकाले सिमानाकामा कडाई गर्न सरकारको ध्यान आकर्षण गर्ने, लामो दुरीका यातायातका बन्द हुदा जनतालाई पर्नसक्ने समस्याको उचित व्यवस्थापन गर्न सरकारलाई अनुरोध गर्ने पनि जनाएको छ। त्यस्तै फोन सम्पर्क मार्फत जिल्ला, क्षेत्र, बुथ तथा टोलका नेताहरुले पहुँचले भ्याएसम्म फोन गरेर सबैलाई सचेत गराउने अभियानमा समेटिएको नेपाली कांग्रेस मोरंङका सचिव मोदराज घिमिरेले बताउनुभयो ।

अतिआवश्यक कार्यमा बाहेक घरबाहिर ननिस्कन र सुरक्षित बस्न समेत आब्हान गरिएको सचिव घिमिरेले जानकारी दिनुभयो । साथै वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई सम्मान जनक रुपमा क्वरेन्टाईनमा राख्ने व्यवस्था मिलाउन सरकारसंग माग गरिएको घिमिरेले बताउनुभयो ।
प्याबसन र एन प्याबसनका पदाधिकारीहरुलाई कोरोना रोकथामको बिषयमा आफ्ना विद्यार्थीहरुलाई सचेत गराउन पनि कांग्रेसले आग्रह गरेको छ ।
पार्टीको पहिचान खुल्ने सामाग्रीहरु वितरणगरी सस्तो लोकप्रियता कमाउने कार्य नगर्न र नगराउन कांग्रेसले सबैलाई आग्रह गरेको छ । महामारीमा पार्टीभन्दा माथी उठेर सघाउन सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्