चितवन कोरोना उपचार केन्द्रमा मृत्यु भएका व्यक्ति लुपसको बिरामी : अस्पताल

चितवन कोरोना उपचार केन्द्रमा मृत्यु भएका व्यक्ति लुपसको बिरामी : अस्पताल

भरतपुर, चैत्र ११ । चितवनको भरतपुर महानगरपालिकामा रहेको कोरोना उपचार अस्थायी अस्पतालमा मृत्यु भएका व्यक्ति लुपस रोगका विरामी रहेको अस्पतालले जनाएको छ ।

उक्त अस्पतालमा आईसीयूमा उपचाररत रहेकै बेला उक्त युवकको मंगलबार बिहान मृत्यु भएको थियो ।

यद्यपि, उनको ‘थ्रोट स्वाब’ परीक्षणका लागि काठमाडौं पठाइएको अस्पतालले जनाएको छ । परीक्षणको नतिजा आइनसकेको अस्पतालको भनाइ छ ।

वीरगञ्जका ३० वर्षीय युवक केही समयदेखि मिर्गौला, छाला र फोक्सोमा समस्या हुने लुपुस नामक रोगबाट पीडित भएको पनि अस्पतालले प्रष्ट गरेको छ ।

ज्वरो र निमोनिया देखिएपछि चितवन मेडिकल कलेजबाट आइतबार उनलाई कोरोना अस्थायी अस्पतालमा ल्याइएको पनि अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले विज्ञप्तिमार्फत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्