कोरोनाको आशंकामा रंगेली अस्पतालमा विरामी आईसोलेशनमा भर्ना

कोरोनाको आशंकामा रंगेली अस्पतालमा विरामी आईसोलेशनमा भर्ना

रबिन्द्र बराल

रंगेली चैत्र ११ ,

रंगेली अस्पतालको आइसोलेशन वार्डमा शंकास्पद एक जना विरामीलाई भर्ना भएका छन । उनि सुनवार्षि नगरपालिका घर भएका युवक रहेको अस्पतालका डाक्टर राेहिन्द्र पाण्डेले बताए । उनलाई उच्च ज्वरो सहित निमुनियाको समस्या रहेको र हुनाले अाईसाेलेसनमा राखेको हाे ।

कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै उनलाई छुट्टै आइसोलेशन वार्डमा राखेर उपचार थालेकाेे डाक्टरले बताए । डा.रोहेन्द्र पाण्डेका अनुसार विरामीमा उच्च ज्वरो संगै निमोनिया रहेकाेे हुनाले आइसोलेशनमा राखेर उपचार गर्ने थालिएको पाण्डेले बताए । उनी भारतको केरला राज्यबाट केही साता अघि आएको सुचना पाएपछी रंगेली अस्पतालका डाक्टर र रंगेली प्रहरी सहितको टोलीले सो क्षेत्रको अनुगमन समेत गरेको प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।

रंगेली नगरपालिकाले रंगेली अस्पतालमा ५ वेडको आइसोलेशन वार्ड समेत तयार पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्