नेपालमा कोरोनाभाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो : डब्लूएचओ

<span class='c1'>नेपालमा कोरोनाभाइरसको परीक्षण विश्वसनीय</span> <span class='c2'>र चित्तबुझ्दो : डब्लूएचओ</span>

काठमाडौं, चैत ११ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोनाभाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो भएको जनाएको छ ।

डब्लूएचओले नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न मार्च १३ देखि २१ सम्म माइक्रोबायोलोजिस्ट डा. जोनाथन एस्क्रोफ्टलाई खटाएको थियो ।

डब्लूएचओले केही सुधारको सिफारिससहित डा. जोनाथनले तयार पारेको प्रतिवेदनसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको छ ।

प्रतिवेदनकाअनुसार प्रयोगशालाले कोरोनाको परीक्षणमा सबै प्रक्रिया पूरा भएको उल्लेख गरेको छ ।

साथै, ल्याब उपकरण र खटिएको जनशक्तिको प्रदर्शन पनि राम्रो रहेको बताउँदै परीक्षण क्षमता भने विस्तार गर्नुपर्ने आवश्यक रहेको सुझाव दिएको छ ।

परीक्षणका सबै प्रक्रिया गुणस्तरीय भएको उल्लेख गर्दै डब्लूएचओले जनस्वास्थ्य प्रयोगशालाले रिपोर्टहरु तथ्यगत हिसाबले विश्लेषण गरेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्