लकडाउन उल्लङ्घन गर्ने ६८ समातिए, सुनसरी र झापामा पनि पक्राउ

<span class='c1'>लकडाउन उल्लङ्घन गर्ने ६८ समातिए,</span> <span class='c2'>सुनसरी र झापामा पनि पक्राउ</span>

काठमाडौं ।  कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई

प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।

अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुर २ जना र धनुषाबाट १ जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले जानकारी दिए ।

साथै लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका १ हजार ५ सय ७१ सवारी साधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले कोरोना संक्रमणको संभावित जोखिम बारे सम्झाई बुझाई गर्नुका साथै आवश्यक सोधपुछ तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सरकारले मंगलबार बिहान ६ बजेदेखि आगामी चैत १८ गते बिहान ६ बजेसम्मका लागि लक डाउन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्